• ट्रेण्डिङ :

राष्ट्र बैंकमा नवनियुक्त गभर्नर पौडेलको सम्मानपूर्वक स्वागत (तस्बिरहरू )

राष्ट्र बैंकमा नवनियुक्त गभर्नर पौडेलको सम्मानपूर्वक स्वागत (तस्बिरहरू )

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको बुधबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष स्वागत गरिएको छ।

सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंक कार्यालय पुगेका थिए। कार्यालय परिसरमा उनलाई स्वागत गर्नका लागि बैंकका उच्च पदस्थ अधिकारीदेखि सामान्य कर्मचारीसम्म दुवै पंक्तिमा लाइन लागेर उभिएका थिए। तालि सहितको स्वागतबीच उनले पदभार ग्रहण गरेका हुन्।

राष्ट्र बैंकको भवन अगाडि सजाइएको स्वागतद्वार, कर्मचारीहरूको आत्मीयता, र औपचारिक स्वागत कार्यक्रमले गभर्नरको आगमनलाई विशेष बनाएको थियो। पौडेलको स्वागतका क्रममा बैंकका केही विभाग प्रमुखहरूले फूलगुच्छा र खादा अर्पण गर्दै नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरेका थिए।

गभर्नर पौडेलले पनि पदभार ग्रहणपछि राष्ट्र बैंक परिवारलाई धन्यवाद दिँदै समावेशी, पारदर्शी र उत्तरदायी नेतृत्वको प्रतिबद्धता जनाए। उनले राष्ट्र बैंकको गरिमा र स्वतन्त्रतालाई कायम राख्दै काम गर्ने बताए।

गभर्नर सिफारिस समितिको सिफारिसमा मन्त्रिपरिषदले मंगलबार साँझ उनलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो।

तस्बिरहरू : स्याम गाैराे

 

प्रतिक्रिया
सम्बन्धित समाचार