• ट्रेण्डिङ :

राेल्पामा बस दुर्घटना दुई सव फेला उद्धार जारी

राेल्पामा बस दुर्घटना दुई सव फेला उद्धार जारी

cnewsnepal

मंगलबार, साउन २३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


रोल्पावाट दाङ हिडेकाे बस दुर्घटना भएकाे छ ।

जिल्ला स्थित बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक दुर्घटना भएकाे हाे ।

सडकवाट करिव १०० मिटर तल खसेर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको शव भेटिएको ईप्रका हाेलेरीले जनाएको छ ।

प्रहरीले उद्धारको काम गरिरहेको छ।बसमा के कति सवार थिए थप विवरण आउन बाकी रहेकाे छ ।

बाटाे जटिल भएका कारण प्रहरीलाई उद्धार गर्न कठिन भएकाे घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूदन विश्वकर्माले जानकारी दिए । मृतकाे संनाखत हुन बाकी रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार