• ट्रेण्डिङ :

रिडी–तम्घास सडकखण्ड चैत ७ गतेदेखि मसान्तसम्म बन्द

रिडी–तम्घास सडकखण्ड चैत ७ गतेदेखि मसान्तसम्म बन्द

cnewsnepal

बुधबार, चैत्र ७ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


तमघासबजार । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक २०८० चैत ७ गतेदेखि तीन सातासम्म बन्द हुने भएको छ ।

राजमार्ग योजना कार्यालयले चैत ७ गते सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभएको छ ।

उहाँले तीन साताका लागि चैत ७ गते बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताउनुभयो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो ।

मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की, थोर्गा, स्यालपोखरी, सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ ।

रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुगतिमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार