• ट्रेण्डिङ :

रुसी सेनामा भर्ना भएका थप १५ नेपालीको मृत्यु, मृतकको संख्या २३ पुग्यो

रुसी सेनामा भर्ना भएका थप १५ नेपालीको मृत्यु, मृतकको संख्या २३ पुग्यो

cnewsnepal

बुधबार, चैत्र ७ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


Russian newly-mobilised reservists train at a shooting range in the course of Russia-Ukraine conflict in the Donetsk region, Russian-controlled Ukraine, October 10, 2022. REUTERS/Alexander Ermochenko

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ ।

तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङको मृत्यु भएको हो ।

मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।

यसअघि सरकारले १७ जना नेपालीको रुस–युक्रेन युद्धमा ज्यान गएको पुष्टि गरेको थियो । थप १५ नेपालीको मृत्यु भएसँगै रुसी सेनामा भर्ना भएका ३२ जनाको ज्यान गएको हो ।

रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैनन् । उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार