• ट्रेण्डिङ :

रूपन्देहीको देवदहमा भासियो पुल, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

रूपन्देहीको देवदहमा भासियो पुल, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

cnewsnepal

शुक्रबार, भाद्र ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


११ भदौ बुटवल ।रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ।

अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।

पुल भासिएपछि भैरहवा-परासी हुँदै सवारी साधन आवागमन गराइएको छ।

बिहीबार साँझदेखि परेको पानीले पूर्व-पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार