काठमाडौं । कोटेश्वरमा बुधबार भएको गोलीकाण्डमा रेबिका खत्री र दिनेश खत्री गोली लागेर घाइते भएका छन्।
प्रहरीका अनुसार, गोली चलाउनुपर्ने कारण लुटपाटको प्रयास रोक्नको लागि हो।
केन्द्रीय प्रवक्ता र डिआइजी दिने आचार्यले पत्रकार सम्मेलनमा भने, “कोटेश्वरमा लुटपाटको प्रयास भइरहेको थियो र त्यहाँ मानिसहरूको भीड थुप्रिएको थियो। यसले परिस्थिति जटिल बनायो र स्थिति नियन्त्रण गर्नका लागि प्रहरीले गोली चलाउनु परेको हो।” उनले थपे, “रेबिका र दिनेशलाई गोली लागेको तिघ्रामा भएको हो, र उनीहरूको उपचार भइरहेको छ।” प्रहरीले गाेली चलाउदा रिकाेसे भएर पछि क्षेति हुने अनुमान गरेकाे छ ।
प्रहरीले घटनामा २० जना घाइते भएको जानकारी दिएको छ, जसमा १३ जना अझै उपचाररत छन्। रेबिका खत्री कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षकी विद्यार्थी हुन् र उनी कुनै किसिमको आन्दोलनमा संलग्न थिइनन्। दिनेश खत्रीलाई गोली लागेर मंगलबार डिस्चार्ज गरिएको छ।
प्रहरीले सिसिटिभी फुटेज र अन्य स्रोतबाट घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।