काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरेको छ।
आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने कार्यक्रम हुँदै थियो। सोही कार्यक्रममा सहभागी हुन गएका चौधरीलाई सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिई डिल्लीबजार कारागार लगेको हो।
काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोरा भन्छन्, “अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।”
टीकापुर घटनाका मुख्य आरोपी चौधरी २०८० जेठ १५ गते राष्ट्रपतिबाट कैद माफी पाएर जेलमुक्त भएका थिए। तर आजको गिरफ्तारीले उनी पुनः कानुनी विवादमा परेका छन्।
उनको गिरफ्तारीपछि तय भएको एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ।