• ट्रेण्डिङ :

रोल्पाको विद्यालय परिसरमा फेला परेका संकास्पद सकेट बम नेपाली सेनाले निष्क्रिय गर्‍याे

रोल्पाको विद्यालय परिसरमा फेला परेका संकास्पद सकेट बम नेपाली सेनाले निष्क्रिय गर्‍याे

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


६ जेठ,होलेरी । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहबनस्थित भगवती माविको परिसरमा सोमबार फेला परेका दुई संकास्पद सकेट बम नेपाली सेनाले मंगलबार निष्क्रिय पारेको छ।

विद्यालय भवन निर्माणका क्रममा प्रधानाध्यापक हिमेबहादुर खड्काले सकेट बम जस्तो देखिने दुई वस्तु देखेपछि स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिएका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय होलेरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर उक्त स्थानलाई सिलबन्दी गर्दै सुरक्षित बनाएको थियो।

प्रहरीका अनुसार ती संकास्पद वस्तु वर्षौं पहिले गाडिएको अनुमान गरिएको छ। विद्यालय भवन निर्माणका क्रममा जेसिभी डोजरले उत्खनन गर्दा जमिनको सतहमा ती वस्तु देखा परेका थिए। खिया लागेका अवस्थामा भेटिएका ती सकेट बम सदरमुकाम लिवाङबाट खटिएको नेपाली सेनाको टोलीले सुरक्षित तरिकाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

दहबन क्षेत्र लामो समयसम्म माओवादी जनमुक्ति सेनाको ब्यारेक तथा पछि नेपाली सेनाको बासस्थानसमेत रहेको क्षेत्रमा पर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार