२२ चैत, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको आन्दोलनलाई तिब्रता दिँदै संघर्ष समितिले शुक्रबार काठमाडौंको कलंकीचोकमा विशाल र्याली तथा आमसभा सम्पन्न गरेको छ।
नेपाल सरकारसमक्ष नौ बुँदे माग राख्दै संघर्ष समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।
शुक्रबार बिहान कंलकीबाट क्षेत्रपाटी हुँदै शान्तिबाटिकामा र्याली निकालिएको थियो।
करिब २००-२५० जनाको उपस्थितिमा निकालिएको उक्त र्याली कलंकीचोकमा सडक अवरुद्ध गर्दै नाराबाजी गरिएको थियो।
आन्दोलनको नेतृत्व संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली, वरिष्ठ उपाध्यक्ष फत्तेबहादुर पुन, उपाध्यक्ष मनिप्रसाद चौलागाईं, उपाध्यक्ष लुजा राई, उपाध्यक्ष आशा सञ्जेल तथा केन्द्रीय सदस्य कमानसिंह वि.क. लगायतका नेताहरूले गरेका थिए।
कार्यक्रममा नेता एसपी शाहाले जनता माथी दमन गरे प्रतिकार गर्ने चेतावनी दिए । उनले जनताका न्यायका लागि जस्तोसुकै मूल्य चुकाउन पनि आन्दोलनतर पक्ष तयार रहेकाे बताए ।
सतीको रूपमा स्थापित लघुवित्त संस्थाहरूले लगाएको ऋण सामूहिक रूपमा मिनाहा गरिनु पर्ने,गरीब किसानलाई निःशुल्क ऋण प्रदान गरिनुपर्ने, योग्यता र क्षमताका आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, अर्थतन्त्रको विकासका लागि ठोस नीति ल्याइनु पर्ने , जनपक्षीय मौद्रिक नीति कायम गरिनुपर्ने, कालोसूचि तथा धितो लिलामको प्रक्रिया फुकुवा गरिनुपर्ने,भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई उचित मुआब्जाको व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था हुनुपर्ने लगायतकाे उनिहरूकाे माग छ ।
आन्दोलनरत संघर्ष समितिले नेपाल सरकार होसियार,लघुवित्तीय संस्था खारेज गर, हाम्रो बचत फिर्ता गर,वित्तीय माफिया होसियार ,जनपक्षीय मौद्रिक नीति कायम गर, पीडितलाई न्याय दे लगायतको नारा लगाएका थिए ।
संघर्ष समितिले सरकारलाई तत्काल मागहरू पूरा गर्न आग्रह गर्दै अन्यथा आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।
कार्यक्रममा विभिन्न वक्ताहरूले लघुवित्तीय संस्थाहरूको दमन र शोषणविरुद्ध अझ सशक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे।
तस्बिरहरू हेर्नुस ।
