• ट्रेण्डिङ :

लायन्स क्लब अफ काठमाडौँ उडानद्धारा रत्नराज्य विद्यालयलाई फर्निचर सहयोग

लायन्स क्लब अफ काठमाडौँ उडानद्धारा रत्नराज्य विद्यालयलाई फर्निचर सहयोग

cnewsnepal

आइतबार, असोज ३ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, ३ असोज । लायन्स क्लब अफ काठमाडौँ उडानले रत्नराज्य माध्यामिक विद्यालय रामकोटलाई फर्निचर सहयोग गरेको छ ।

रिमा अग्रवालको अध्यक्षतामा आठ वर्ष पहिले स्थापना भएको काठमाडौँ उडानले काठमाडौँको नागार्जुन नगरपालिका रामकोटमा रहेको रत्नराज्य माध्यामिक विद्यालयलाई फर्निचर सहयोग गरेको हो ।

विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुननिर्माण गरेसँगै लायन्स क्लब अफ काठमाडौँले विद्यार्थी बस्नका लागि ५० वटा बेन्च सहयोग गरेको क्लबका सचिव नेहा अग्रवालले जानकारी दिए।

रत्नराज्य माध्यामिक विद्यालय रामकोटमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष प्रिति सिंघानियाले विद्यालयका प्राचार्य सुन्दर पुरीलाई फर्निचर हस्तान्तरण गरेका हुन् ।

चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि भित्रिएपछि अफ्ठयारोमा परेका जनतालाई यसअघि राहत वितरण गरेको थियो ।

उक्त क्लबले गतवर्षको कोरोना महामारीको समयमा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारत १०० कोरोना विरामीलाई निःशुल्क खाना वितरण गरेको थियो भने बेलाबेलामा रक्तदानलगायतका सामाजिक काम समेत गर्दै आएको छ ।

महिलाहरुकै सक्रियतामा स्थापना भएको उक्त लायन्स क्लबले पछिल्लो समय महिला लक्षित कार्यक्रम अगाडि सारेको छ । महिलाहरुको स्वास्थ्यलाई ख्यालमा राखेर महिलामा हुने महिनावारी समस्याको समाधानका लागि रि युजेवल सेनिटरी प्याड वितरण गरिएको सचिव अग्रवालले बताईन ।

लायन्स क्बल अफ काठमाडौँ उडानले क्यान्सर विरामीलाई यसअघि ह्वील चेयर वितरण समेत गरेको थियो । यस्तै, नयाँ नेपाल समाज नयाँ बानेश्वरमा रहेका १५ छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीलाई आर्ट कम्पिटिसन समेत गराएको थियो । यस्तै, महिला स्वास्थ्यका लागि जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको सचिव अग्रवालको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार