• ट्रेण्डिङ :

विश्व पर्यटन दिवसमा युवा संघले बिबिध कार्यक्रम गर्ने

विश्व पर्यटन दिवसमा युवा संघले बिबिध कार्यक्रम गर्ने

cnewsnepal

बुधबार, भाद्र २९ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


२९ भाद्र काठमाडौं । आउदो असोज ११ गते (सेप्टेम्वर २७) पर्ने विश्व पर्यटन दिवशलाई लक्षित गर्दे राष्ट्रिय युवा संघ नेपाल, पर्यटन विभागको प्रथम बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता र महासचिव क्षितिज थेवेको विषेश आतिथ्यतामा विभागीय प्रमुख मोदनाथ सिलवाल(सन्तोष)को अध्यक्षता र विभागीय सचिव ओमराज श्रेष्ठको संचालनमा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले विभागको गतिविधी पर्यटनको माध्यमबाट राष्ट्रिय पुजीमा केन्द्रीत हुनुपर्ने बताए । साथै विभागले जनसरोकारका विषयहरूमा र पर्यटन विकास सम्बन्धिका अवधारणाहरुमा केन्द्रीत हुनुपर्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै संघका महासचिव क्षितिज थेवेले संघ र विभागीय कार्यक्षेत्रको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए भने नवनियुक्त विभागीय सदस्यहरूलाइ सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गर्नेहरुमा सदस्यहरू हिमसीखर मल्ल, रामकुमार पुरी, पवन भट्टराई, राजकुमार मैनाली, शुवास विष्ट, दिपेश सुधाकार, सारदा आचार्य, पेसल खतिवडा, सुशील आलेमगर, इन्द्रकुमार न्यौपाने र प्रदिप शिंखडा रहेका छन्। ।

बैठकले विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । बैठकको समापन पश्चात संघका पुर्व अध्यक्ष तथा इन्चार्ज कमरेड महेश बस्नेतले विभागलाई उत्साह थप्ने गरि आफ्नो उपस्थिति जनाएको विभागीय सचिव ओमराज श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार