• ट्रेण्डिङ :

वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित साह पक्राउ

वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित साह पक्राउ

cnewsnepal

बुधबार, साउन ६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


गरगहनासहित पक्राउ परेका शाहा

६ साउन, काठमाडौं । पर्सा प्रहरीले वीरगञ्‍जबाट५ के.जी.३३४ ग्राम अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्‍चालक ४३ वर्षीय अंगत साह रहेका छन् ।

भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्‍याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार