• ट्रेण्डिङ :

शिखर नगरपालिका वार्ड नंम्वर ३ पल्लेगडा निमार्णाधिन भवन पहिरोको जोखिममा

शिखर नगरपालिका वार्ड नंम्वर ३ पल्लेगडा निमार्णाधिन भवन पहिरोको जोखिममा

cnewsnepal

बिहिबार, साउन १७ २०८१
पढ्न लाग्ने समय: < ४ मिनेट


पल्लेगडा निमार्णाधिन भवन

रोसन दानी क्षेत्री , १७ साउन, काठमाण्डौं ।डोटी जिल्ला स्थित शिखर नगरपालिका वार्ड नंम्वर ३ पल्लेगडा निमार्णाधिन भवन निमार्ण नहुदै पहिरोको जोखिममा परेको छ ।

साविकको मुडभरा गाउँ विकास समिति टुक्रीयर शिखर नगरपालिका वार्ड नंम्वर ३ बनेको हो । कुल ४० लाख बजेटमा निमार्ण भईरहेको भवन जंगल विच भागमा निमार्ण भए पश्चात सवै नागरिकहरुलाई समेत अपायक परेको र पहिरोको समेत जोखिम रहेको स्थानिय समाजसेवी नविन जोराले बताए ।

वडाको भवन निर्माण का लागी २०७६ देखी नै बजेट आएको तर पटक पटक रकम फ्रिज हुदै गएको स्थानियको भनाई छ । भवन कहाँ बनाउने भने विषयमा लामो समय विवाद हुदा भवन बन्न सकेको थिएन् । लामो विवाद पश्चात तत्कालिन नगर प्रमुख सिताराम जोशीको पालमा उक्त बन क्षेत्रमा भवन निमार्ण प्रकृया अगाडी वढेको थियो ।

स्थानियहरुले पटक पटक माननिय प्रेम आले,शहरि विकास कार्यालय राजपुरका कार्यलय प्रमुख सुविक श्रेष्ठ संगको समन्वयमा प्रदेशको भौतिक मन्त्रालयमा तत्कालिन मन्त्री प्रकास देउवालाई बजेट विनियोजन गरिदिन पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई हुननसकेको एक स्थानियले बताए । बर्खा याममा आउने त्यो बाढी पहिरो ले हिलाम्मे भएको र पहिरो रोक थामका लागि ग्याबिन जाली बिछ्याएर पनि निमार्णाधिन भवनमा हिलो माटो लेदो पसेपछि स्थानिय आक्रोसित भएका हुन् ।

शिखर नगरपालिका वार्ड नंम्वर ३ उप प्रमुख सुनिता रावल जोराको पनि घर त्यहि वडामा पर्छ । स्थानियहरुले उमप्रमुख जोरोलाई भवनका विषयमा पटक पटक गुनासो राख्दा पनि वडाध्यक्ष गणेश जोरालाई भनुस भनेर पन्छिने गरेको स्थानियको भनाई छ । वडा कार्यालयमा जनताको सेवा प्रवाहा हुनु पर्नेमा गाई बस्तुको गोठको रुपमा प्रयोग समेत भएको देखिन्छ ।

शिखर नगरपालिका वार्ड नंम्वर ३ पल्लेगडा वडाध्यक्ष गणेश जोराले स्थानियले गुनासो राखेपछिको सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै जस्ताको त्यस्तै ।

सम्पूर्णमा नमस्कार यस शिखर नगरपालिका वार्ड नं ३ पल्लेगडा सम्बन्धमा आएको भिडियो सन्दर्भ मा यो देश संघीयता मा गईसके पछि साविकको मुडभरा गा वि स टुक्रीयर ३न वडा बनेको थियो । यस वडाको भवन निर्माण का लागी २०७६ देखी नै बजेट आयको तर पटक पटक रकम फ्रिज गयको भन्ने कुरा शिखर नपा को कार्यालय मा बुझ्दा पायको जानकारी सबैमा अबगत गराउँद छु। दोस्रो । निर्वाचन पछि मात्र यसको निर्माण कार्य संचालन मा आई विभिन्न प्रयास पछि यसको यति सम्ममात्र व्यावस्थान हुन सकेको छ। यसको निमार्ण कार्य लागी यस । डोटी जिल्ला बासी ले जनमत दियर पठायका माननिय प्रेम आले ज्यू लाई यस मा बजेट विनियोजन गरिदिन पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई हुनसकेन । त्यस पछि सहरि विकास कार्यालय राजपुर । का कार्यलय प्रमुख सुविक श्रेष्ठ संगको समन्वयमा प्रदेशको भौतिक मन्त्रालय मा तत्काल बहाल वाला । मन्त्री प्रकास देउवा ज्यूलाई अपिल गर्दपनि कुनैपनि सुनुवाइ नभएको र यस डोटी जिल्ला क्षेत्र नं ख बाट ७९ मा विजय प्राप्त गरेका माननिय शिव सिं ओली लाई उहाँको निवासमा गई पटक पटक अनुरोध गर्दा कुनै सुनुवाई सके छैन त्यसैले यसका निमित्त पटक पटक गरेका सबै प्रयासहरु असफल भएपछि वडा ले गर्ने बजेट विनियोन मा पनि स्थानिय जनताले पनि यस लाई महत्व नदिदा ओझेल मा पर्ने देखिन्छ । शिखर वार्ड नं ३ वासीमा अनुरोध गर्दछु यसका लागी कुनै प्रयास नगरको भन्ने कुरो नै छैन यो देशको सिस्टम योजनामा अग्रीम पैसाको चलखेल ले गर्दा पैसा र पावरमा विकास हुने भयको छ यो दुइटै कुरा नहुँदा यस वडाको आवश्यकता सुन्नेवाला निकाय कोही छनैन । त्यसैले यि कुराहरु सामाजिक सजालमा राख्न कति उचित या अनुचित हो थाह भयन ।

धन्यवाद ।।।

प्रतिक्रिया
सम्बन्धित समाचार