• ट्रेण्डिङ :

संखुवासभा बस दुर्घटनामा १४ जनाकाे मृत्यु १० जनाकाे सनाखत

संखुवासभा बस दुर्घटनामा १४ जनाकाे मृत्यु १० जनाकाे सनाखत

cnewsnepal

बिहिबार, फाल्गुन २६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् प्रहरीले जनाएकाे छ । घाईतेहरूकाे हेलिकप्टरबाट अस्पताल लगिएकाे संखुवासभाका प्रमुख लालध्वज सुवेदीले सिन्युजलाई बताए ।

डिएसपी लालध्वज सुवेदीले भने, ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ ‘मृतक १० जनाकाे  सनाखत भएको छ ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।

   मृत्युहुनेमा   चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका-४ का अन्दाजी ३५ वर्षकी उमेश भट्टराईको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।

ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी–५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको संखुवासभाका प्रमुख लालध्वज सुवेदीले सिन्युजलाई बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार