• ट्रेण्डिङ :

संगठनभित्र कुनै पनि मर्यादामाथि आँच आउने कामलाई निरूत्साहित गर्छाै : केन्द्रीय प्रहरी प्रबक्ता कुँवर

संगठनभित्र कुनै पनि मर्यादामाथि आँच आउने कामलाई निरूत्साहित गर्छाै : केन्द्रीय प्रहरी प्रबक्ता कुँवर

cnewsnepal

बुधबार, साउन १३ २०७८
पढ्न लाग्ने समय: < ४ मिनेट


१३ साउन काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र कुनै पनि मर्यादामाथि आँच  आउने कामलाई निरूत्साहित गर्ने बताएका छन् ।

बुधबार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै एसएसपी कुँवरले समाज र राष्ट्रका लागि सधै अनुकरणीय र जनजनमा मनमनमा नेपाली प्रहरीको भावनालाई सर्वपरी पार्दै लान्ने बताएका हुन् ।                   

प्रहरी भित्र व्यक्तिको शासन हावी भन्दा पनि विधिकाे शासन र प्रहरी सिद्धान्त र मार्गदर्शनले मात्र संगठनले उच्च नैतिकताले मात्र नयाँ उचाइ लिने उनकाे भनाई छ ।

प्रहरी प्रवक्ता कुँवरले पत्रकारहरूकाे जिज्ञासाकाे जवाफ दिने क्रममा भने, ‘हाम्रा कामहरुमा भएका केही गलत किसिमका कार्यहरु भएका छन्। त्यस सन्दर्भमा भएका सूचनाहरु वा कुनै क्षेत्रहरु जुन हामीले गर्नुपर्ने थियो तर संगठनले ध्यान पुर्‍याउन नसकिरहेको अवस्था छ।

संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए। गलत क्रियाकलाप विरुद्ध आलोचनात्मक सुझावहरुको मनन गरेको बताए।                                                                               यहाँहरुबाट प्राप्त हुने सबै आलोचनात्मक समेतका सुझावहरु हामी स्वागत गर्छौं। संगठनले त्यस्ता समस्या, गुनासा, क्रियाकलापहरु छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु।’
कार्यक्रममा आ.व. २०७७/०७८ मा नेपाल प्रहरीकाे समग्र कार्य प्रगति विवरण समेत पेश गरिएकाे हाे ।

प्रवक्ता कुँवरले प्रहरीले आव ०७६/७७ मा अस्पतालकाे १५० बेड क्षमतावाट स्तराेन्नती भई ३०० बेड क्षमता पश्चात् २३४ बेड काेभिड डेडिकेटेड आईसाेलेसन वेड ८० क्षमताकाे एचडियु २० ओटा भेन्टिलेटर सहित ३० बेड क्षमताकाे आई.सि.यू तयार गरि सेवा प्रदान गरिएको जानकारी गराए ।

प्रहरी अस्पतालबाट हाल सम्म अस्पतालमा बाहाल बाल कर्मचारी,पुर्व कर्मचारी र सर्वसाधारण गरि १० हजार ५ सस ८४ जनालाई काेभिड विरूद खाेप प्रदान गरिएकाे छ ।

अस्पतालबाट १०३२ जना प्रहरी ११६ जना पुर्व प्रहरी ११२ जना प्रहरी परिवार र ३९० जना सर्वसाधारण गरि कुल १८५० जनालाई काेभिड सम्बन्धि सवै सेवा निशुल्क प्रदान गरिएकाे छ । हाल सम्म १०५४१ जना प्रहरी कर्मचारीहरूकाे काेराेना संक्रमित देखिएकाे जसमध्ये १०,३०८ जना उपचार पश्चात् निकाे भई सकेकाे छ भन्ने १७ जनाकाे निधन भएकाे छ र २१६ जना उपचाररत रहेका छन् ।

प्रहरीकाे आर्थिक वर्ष ०७७७/७८मा केही जघन्य तथा गम्भीर प्रकृतिका मुद्दाहरू समेत सार्वजनिक गरेकाे छ । प्रहरीकाे आर्थिक वर्ष ०७७७/७८ कर्तव्य ज्यान मुद्दा वढेर गएकाे जनाएको छ । आर्थिक वर्षमा ०७७७/७८ मा ६९७ घटवढ प्रतिशत २५.५८ % ले वढेकाे देखाएको छ । ज्यान मार्ने उद्योग १०५१ (२०.९४%) जबर्जस्ती करणी २५३४ जना मुद्दा (१८.१९%) ज.ज.क.उद्योग ६३५ (६.९९%) वढेकाे, लागुओषध ३०१३ (४.४४%) वढेकाे मानव बेचबिखन तथा ओसार प्रसार १२२ (२५.६% ) घटेकाे, चाेरी २३८२ (२.८२%) घटेकाे,बैंकिङ कसुर २३७३ (२८.२९%) घटेकाे, आत्महत्या ७११७ (१४.०४%) वढेकाे, साईवर अपराध १०४ (११.११) घटेकाे संगठित अपराध १४ ( ४६.१५%) घटेकाे,बार्षिक अपराध दर्ता ४०१२० (४.२४) घटेकाे छ ।

प्रवक्ता कुँवरले प्रहरीले आव ०७६/७७ मा विभिन्न दर्जाका ४ हजार ९५१ जनालाई पुरस्कार र १ हजार ९७४ जनालाई विभिन्न किसिमको कारबाही गरिएको जानकारी दिए।

त्यस्तै, आव ०७७/७८ मा विभिन्न दर्जाका ४ हजार ४३० जनालाई पुरस्कार र १ हजार ९८२ जनालाई कारबाही गरिएको कुँवरले बताए। उनका अनुसार नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माण सम्पन्न भएको छ।                                                                                  आ.व. २०७७/०७८ मा नेपाल प्रहरीको समग्र कार्य प्रगति विवरण                                                             

प्रतिक्रिया
सम्बन्धित समाचार