काठमाडौं । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।
शुक्रबार संसदको तेस्रो बैठक सुचारु भएलगत्तै अर्थमन्त्री जर्नादन शर्माले रोष्टममा पुगेर प्रतिस्थापन विद्येयक पेश गरे । एमाले सांसदहरुले वेल घेराउ गरे पनि मर्यादापालकहरुले उनीहरुलाई रोकेका थिए ।
अहिले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी गरिरहेका छन्।
प्रतिक्रिया
सम्बन्धित समाचार