• ट्रेण्डिङ :

संसद्मा अवरोध कायमै : प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्ने

संसद्मा अवरोध कायमै : प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्ने

cnewsnepal

शुक्रबार, असोज २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


;+3Lo ;+;b, k|ltlglw ;efsf] a}7sdf gf/fjfhL ub}{ Pdfn]sf ;+f;bx? . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ ।

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गर्नुभएको थियो ।

उहाँले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह गर्दै बैठक सञ्चालनका लागि सहयोग गर्न पनि अनुरोध गर्नुभएको थियो ।

संसद्मा नियमित अवरोधका कारण सभाले गर्नुपर्ने महत्वपूर्ण कार्य प्रभावित भएको भन्दै सभामुख सापकोटाले जनसरोकारका विषयलाई ध्यान दिन सदनलाई सुचारु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा (एमाले) ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार