काठमाडौं । शुक्रबार संसद बैठक सुरु हुनासाथमा अवरुद्ध भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा उपस्थित भएका उनीहरुले नाराबाजासहित बैठक अवरुद्ध गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटपछि पुनः बस्नेगरी बैठक स्थगित गरेका छन् ।

पार्टीबाट माधव नेपालसहित १४ जनालाई गरिएको कारवाही सभामुख सापकोटाले अघि नबढासँगै उनीहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारा लगाउँदै संसद अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त