• ट्रेण्डिङ :

सभामुख सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन

सभामुख सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन

cnewsnepal

सोमबार, साउन ३२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३२ साउन,काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। बैठकको सुरुआतमै समय लिएर एमाले का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न पनि सभामुख सापकोटाले उक्त निर्देशन दिए ।

त्यसअघि बैठकमा बाँस्कोटाले अफगानिस्तान सार्कराष्ट्रकै सदस्य राष्ट्र भएको र नेपाल सार्कको अध्यक्ष भएको हुँदा उक्त घटनामा सरकारको दृष्टिकोण आउनुपर्नेमा जोड दिए । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिक त्रसित र भयभित अवस्थामा रहेका हुनाले सङ्कटमा परेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

उनले तत्काल अफगानिस्तानमा बसेका नेपालीको अवस्था, परिवारलाई सूचना र सरकारका तर्फबाट जतिसक्दो छिटो प्रतिबद्धता आउनुपर्ने माग गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार