७ चैत, काठमाडौं । चन्द्रागिरि-१५ तिनथानास्थित बिगमार्ट अगाडि लामो समयदेखि फुटपाथ अवरुद्ध पारेर पार्किङ गरिएका निलो माइक्रोबसहरू अन्ततः हटाइएका छन्।
स्थानीय बासिन्दा र सडक प्रयोगकर्ताहरूको गुनासोपछि प्रहरी प्रभाग नैकाप र ट्राफिक प्रहरी प्रभाग कलंकीको टोलीले ती माइक्रोबसहरू हटाएको हो।
सामाजिक संजालमा फैलिएको खबरको प्रभावस्वरूप सम्बन्धित निकायले अन्ततः उक्त माइक्रोबसहरू हटाएको छ।
स्थानीय बासिन्दा र सडक प्रयोगकर्ताहरूले निरन्तर गुनासो गरेपछि यस विषयले चासो पाएको थियो।
पैदल यात्रुहरूले प्रयोग गर्नुपर्ने फुटपाथमा माइक्रोबस पार्किङ गर्दा आवागमन असहज भएको भन्दै स्थानीयले आलोचना गर्दै आएका थिए।
सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक चर्चा भएपछि चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेका अध्यक्ष उत्तम बहादुर राउतले दुई पटकसम्म सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनले फेसबुकमा “पैदल यात्रु निषेधित फुटपाथ” भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए।
यद्यपि, नगर प्रहरीले यस विषयमा चासो नदेखाएको स्थानीयको आरोप छ। फुटपाथमा हिँड्ने सर्वसाधारणलाई असहज हुने गरी सार्वजनिक सवारीको अव्यवस्थित पार्किङको समस्या लामो समयदेखि रहँदै आएको छ। सामाजिक दबाबपछि अन्ततः प्रहरीको टोलीले हस्तक्षेप गर्दै माइक्रोबस हटाएकोमा स्थानी सडक प्रयाेगकर्तामा खुशी छाएकाे छ ।
यस घटनाले जनगुनासोको प्रभाव देखाएको छ भने, नगरपालिकाले पनि यस्ता समस्यालाई समयमै सम्बोधन गर्नुपर्ने आवाज उठ्न थालेको छ।
यस घटनाले जनगुनासोलाई सम्बोधन गर्ने महत्वपूर्ण उदाहरण पेश गरेको छ।