• ट्रेण्डिङ :

सरकारले भन्यो- ‘मारुती सिमेन्ट प्रयोग नगर्नुस्’

सरकारले भन्यो- ‘मारुती सिमेन्ट प्रयोग नगर्नुस्’

cnewsnepal

सोमबार, मंसिर ६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ ।विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।

अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ । तर, विभागको कुरा मारुती सिमेन्टले सुनेको छैन ।

अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार