काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरल स्वभावका एआईजी उमेशराज जोशीको बिदाइ गरेको छ ।
उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका प्रहरी अतिरिक्त महानिरीक्ष एआईजी उमेशराज जोशीको बिदाइ गरेको हो ।
जोशी प्रदेश समन्वय विभागमा कार्यरत थिए । प्रहरी निरीक्षकवाट सेवा प्रवेश गरेका जोशी विभागमा कुशल र इमान्दार प्रहरी अफिसर थिए । प्रहरी संगठनलाई नेतृत्वदायी र रचनात्मक गतिविधिमा सकृय हुदै गर्दा एआईजीको ५६ वर्ष उमेरहदका कारण १९ असारमा अवकाशमा जान लागेका हुन् ।
जोशी प्रहरीको निति निमार्णमा समेत महत्वपुर्ण योगदान रहेको छ ।जोशीलाई मंगलबार प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको हो ।११ असारमा डीआईजी सुरेन्द्र मैनालीलेसमेत उमेरहदकै कारण अवकाश पाएका छन् । जोशीको अवकाशको दुई दिनपछि अर्का प्रस्तावित ९ एआईजी० हाल डीआईजी पोषराज पोखरेलले समेत अवकाश पाउनेछन् ।