काठमाडौं – सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वसांसद रेशम चौधरीविरुद्ध गैरकानुनी ढंगले कैदी पूर्जी जारी गरी पक्राउ गर्न निर्देशन दिएका विष्टलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।
विष्टले सर्वोच्च अदालतको निर्णय नआईकन नै चौधरीविरुद्ध “कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी” अभियोगमा कैदमा राख्नुपर्ने आशयको पत्र तयार पारेका थिए।
प्रहरी स्रोतका अनुसार विष्टको पत्र सर्वोच्च अदालतको अधिकार क्षेत्र र प्रक्रिया विपरीत भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
सर्वोच्च अदालतको शाखाबाटै यस्तो गैरकानुनी र मनोवैज्ञानिक असन्तुलन देखिने कदम आउनु न्यायिक प्रणालीमै गम्भीर प्रश्न उठाउने विषय बनेको छ। सूचना अधिकारी निराजन पाण्डेले पनि विष्टको पक्राउको पुष्टि गरेका छन्।
यो घटनाले न केवल रेशम चौधरीको रिहा प्रक्रियामा बाधा उत्पन्न गर्यो, तर सर्वोच्च अदालतको आन्तरिक निगरानी प्रणाली कति कमजोर छ भन्ने गम्भीर सन्देशसमेत दिएको छ।

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त