४ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी अस्पतालमा १ जना पुरूषकाे मृत्यु भएको छ ।
काठमाडौं बालुवाटार निवासी पुरुषको हस्पिटल आएको १ घन्टामा निधन भएको सशस्त्र प्रहरी अस्पताल बलम्वुका प्रबक्ता डाक्टर प्रविन नेपालले पुष्टि गरे ।
करिव ८ दिन देखि काेराेना संक्रमन भए पछि स्वास्थ्य अवस्था जटिल भएपछि ७६ बर्षिय बृद्धालाई अस्पताल ल्याउदा उनको मृत्यु भएकाे हाे । सव व्यवस्थापनमा सितापाईलामा रहेकाे नेपाली सेनाकाे श्री युद्ध कवच गणका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टाेली परिचालित भएकाे छ ।
कोरोना भाइरस संक्रमणका कारण बिहीबार मात्र ७ जनाको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार