• ट्रेण्डिङ :

साइबर क्राइममा पत्रकार चन्द र गुरुङले पाए सफाई

साइबर क्राइममा पत्रकार चन्द र गुरुङले पाए सफाई

cnewsnepal

शनिबार, भाद्र २८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


२८ भदौ काठमाडौं । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् ।

समाचार लेखेकै भरमा पोष्टपाटीका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए ।

१० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश बिदुर कोइरालाको एकल इजलासले प्रतिवादी द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो ।

अदालतमा आज भएको पेसी बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिबक्ता दिबस निरौलाले बहस गरेका थिए ।

सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनि १८ दिने हिरासत बसाइपछि छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार