काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन्। सोमबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले सार्वजनिक सेवामा पारदर्शिता र प्रभावकारिता बढाउने उद्देश्यले सुरु गरिएको पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र व्यवस्थाबारे जानकारी लिएकी हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। नयाँ प्रविधि र व्यवस्थापन प्रणालीले सेवाग्राहीको समय बचत गर्नुका साथै कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल का अनुसार नयाँ प्रणालीमार्फत कार्यालयको सेवा प्रक्रिया थप पारदर्शी र व्यवस्थित बनेको छ। यसबाट सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने र अनावश्यक भीडभाड तथा ढिलाइ कम हुने विश्वास लिइएको उनले बताए।
प्रधानमन्त्रीले उक्त मोडेल प्रभावकारी देखिए अन्य सरकारी सेवा प्रदायक निकायहरूमा समेत विस्तार गर्न सकिने सम्भावनाबारे जानकारी लिएको प्रजिअ पौडेलले उल्लेख गरे।
निरीक्षण कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत उच्च सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
तस्बिरहरू :

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त