• ट्रेण्डिङ :

सासु भत्ता अनियमितता प्रकरणमा मुद्दा अघि नबढाएको भन्दै अख्तियारमाथि ढिलासुस्तीको आरोप

सासु भत्ता अनियमितता प्रकरणमा मुद्दा अघि नबढाएको भन्दै अख्तियारमाथि ढिलासुस्तीको आरोप

cnewsnepal

शनिबार, जेष्ठ २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२४ जेठ ,काठमाडौं ।  जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा संलग्न वडाध्यक्ष खकेन्द्र भण्डारी र सचिव प्रेम बुढाविरुद्ध मुद्दा अघि नबढाएको भन्दै भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले अख्तियारमाथि ढिलासुस्ती गरेको आरोप लगाएको छ।

अभियानका संयोजक कृष्ण सोडारीका अनुसार आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा झण्डै ८ करोड ९६ लाखभन्दा बढी रकम किर्ते गरी हिनामिना गरिएको आरोपसहित २०७९ साउनमा अख्तियारको कञ्चनपुर शाखामा उजुरी दिइएको थियो। तर, २०८१ जेठमा मात्र उक्त उजुरी काठमाडौँ स्थानान्तरण गरिएको र अहिलेसम्म विशेष अदालतमा मुद्दा दर्ता नभएको उनले बताए।

सोडारीका अनुसार भण्डारी र बुढाले एउटै नागरिकता नम्बर प्रयोग गरेर फरक नाममा दोहोरो, तेहोरो र चौथोपटकसम्म भत्ता लिएको, मृतकको नाममा समेत भत्ता लिएको आरोप छ।

“यदि यथाशीघ्र मुद्दा दर्ता भएन भने हामी आफैं प्रमाण बोकेर अदालत पुग्न बाध्य हुनेछौं,” संयोजक सोडारीले भने, “अख्तियारले आग्रह, पूर्वाग्रह र प्रभावमा नपरीकन सामाजिक शुद्धीकरणको अभियानमा साथ दिनुपर्छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार