• ट्रेण्डिङ :

सिमरा प्रहरी प्रमुख,सुभद्रा वाइवा पुरस्कृत

सिमरा प्रहरी प्रमुख,सुभद्रा वाइवा पुरस्कृत

cnewsnepal

सोमबार, बैशाख १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ ब‌ैशाख बारा । मधेश प्रदेश प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखाले इलाका प्रहरी कार्यालय, सिमरा, बाराका प्रमुख प्रहरी नायब उपरीक्षक  (प्र.ना.उ.) सुभद्रा वाइवालाई नगद पुरस्कार सहित पुरस्कृत   गर्ने निर्णय गरेको छ।

प्रहरी कार्यालयका अनुसार वाइवाले आफूमाथि सुम्पिएको जिम्मेवारी अत्यन्त उच्च व्यवसायिक कार्यकुशलताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था तथा चोरी–तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

यस उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ (ख) बमोजिम उनलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो।

यस्ता पुरस्कार कार्यक्रमले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरित गर्ने तथा भविष्यमा अझ राम्रो कार्यसम्पादनका लागि उत्प्रेरित गर्ने विश्वास गरिएको प्रहरी कार्यालयले जनाएको छ। सम्बन्धित निकायलाई सो निर्णय अभिलेखमा टिपोट गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार