• ट्रेण्डिङ :
फाईल तस्बिरमा

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा उच्च सतर्कता

फाईल तस्बिरमा

cnewsnepal

बुधबार, बैशाख २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा शुक्रबार परिचालित सुरक्षाकर्मी । सुनसरी प्रशासनले इनरुवा नगरपालिकासहित हरिनगर, देवानगन्ज, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तस्बिर : नवीन गड्तौला/रासस

२४ बैशाख,काठमाडौं । नेपालको सशस्त्र प्रहरी बलले भारत र पाकिस्तानबीच बढ्दो तनाबका कारण सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले यो कदम चालेको हो।

‘भारतको सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्यमा सशस्त्र प्रहरीले संयुक्त गस्ती र सूचना आदान–प्रदानलाई तीव्र पारेको छ,’ थापाले भने। उनले सीमा क्षेत्रमा रहेका सबै बोर्डर आउटपोस्ट (बीओपी) हरूबीच २४ सै घण्टा गस्ती भइरहने जानकारी दिए।

थापाका अनुसार, सीमा क्षेत्रमा प्रवेश गर्ने र निस्कने व्यक्तिहरूको परिचय पत्र जाँच गरी अभिलेख राख्ने कार्य पनि भइरहेको छ। उनले भने, ‘अनधिकृत आवागमनलाई रोक्न र निगरानीलाई सुदृढ पार्न प्रधान कार्यालयबाट विशेष निर्देशनहरू जारी गरिएका छन्।’

सशस्त्र प्रहरी बलले सम्भावित जोखिमहरूलाई सम्बोधन गर्न क्षेत्रीय सुरक्षा योजनाहरू पनि तयार पारेर कार्यान्वयन गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार