• ट्रेण्डिङ :

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगिएर एक युवाको ज्यान गयो

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगिएर एक युवाको ज्यान गयो

cnewsnepal

आइतबार, जेष्ठ २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ जेठ,काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।

मृतक जिल्ला काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ बसोबास गर्ने अन्दाजी २४ वर्षीय साजन वाइबा रहेका छन्। वाइबा बृहत् खानेपानी आयोजनाको ट्यांकी निर्माणमा संलग्न कामदार थिए।

शनिबार बिहान करिब ९:३० बजे तिर पौडी खेल्ने क्रममा उनी सुनकोशी नदीले बगाएका थिए। खोजीका क्रममा करिब ५० मिटर तल मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा टोली खटिएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार