• ट्रेण्डिङ :

सोप्याङ खोला पुलसँग जाेदिएकाे सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध, सयाैं सवारी साधन रोकिए

सोप्याङ खोला पुलसँग जाेदिएकाे सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध, सयाैं सवारी साधन रोकिए

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१३ जेठ, काठमाडौं ।  धादिङको थाक्रे गाउँपालिका–७ र ८ जोड्ने सोप्याङ खोला माथिको पुल संग जाेडिएकाे सडक भासिएको छ। पुल भासिएसँगै राजमार्गको दुबै तर्फको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

पुल संगैकाे सडक भासिएपछि बाटो खुलाउने प्रयास जारी रहे पनि सयाैं सवारी साधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरू घण्टौंदेखि अलपत्र परेका छन् भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सडक सुचारु गर्न प्रयासरत छन्।

पुल संगैकाे सडक भासिनुको कारण तत्काल खुल्न सकेको छैन। सडक विभागका प्राविधिकहरू घटनास्थलमा पुगेर क्षति मूल्यांकन गर्ने कार्यमा जुटेका छन्। वैकल्पिक मार्गको खोजी तथा अस्थायी व्यवस्थाबारे छलफल भइरहेको प्रहरीले जनाएको छ। तस्बिर शंकर थापा नाैविसे धादिङ 

प्रतिक्रिया
सम्बन्धित समाचार