• ट्रेण्डिङ :

“हाम्रा प्रहरी संग हामी” “ हाम्रा सन्ततीको भविष्य बचाऔं” भन्दै प्रहरी स्कुल स्कुलमा

“हाम्रा प्रहरी संग हामी” “ हाम्रा सन्ततीको भविष्य बचाऔं” भन्दै प्रहरी स्कुल स्कुलमा

cnewsnepal

बिहिबार, असार १६ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


प्रहरीले लागू औषध नियन्त्रण तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धि कार्याक्रम सञ्चालन गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय प्रहरी कार्यालय लम्की,कैलालीले समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप “हाम्रा प्रहरी संग हामी” “ हाम्रा सन्ततीको भविष्य बचाऔं” भन्ने नाराका साथ साे अभियान तिव्र रूपमा सञ्चालन गरेकाे हाे ।

जिल्लाकाे लम्कीचुहा न.पा. २ स्थित रहेको श्री राष्ट्रिय नमूना मा.बि मोतिपुर,श्री सरस्वती मा.बि कौवापुर लगायत बिधालयका विद्यार्थी, शिक्षकहरु लाई राखेर प्रहरी निरीक्षक शंकर खड्काले विषेश कक्षा सञ्चालन गरेका छन् ।

प्रहरी निरीक्षक खड्काले समाजमा हुने विभिन्न अपराध नियन्त्रणमा समुदायकाे महत्त्वपूर्ण भुमिका हुने हुदा विद्यालय स्थतबाटै अपराध न्यूनीकरणकाे शिक्षा आवश्यक रहेकाे भन्दै विद्यालय पुग्ने गरेका छन् ।

प्रहरी निरीक्षक खड्काले विद्यार्थीहरूलाई लागू औषध दुर्व्यशनी सम्बन्धि जनचेतनामुलक सन्देश दिदै भने,समाजमा हुने अपराध मध्य लागू औषधले सिङ्गो घर परिवार र समाजलाई नै ठुलाे असर पुर्‍याउने गरेकाे बताए । उनलेे भने,” विद्यार्थी जिवनमा सिकेका र भाेगेका सकारात्मक विचार समाजमा लानु पर्ने र सिङ्गो समाजलाई अपराध मुक्त बनाउन प्रहरीलाई समाजमा हुने साना अपराध पनि सुचनाका माध्यमवाट प्रवाह गराउनु पर्ने दायित्व हाम्रै हाे ।”

प्रहरी निरीक्षक खड्काले सडक मार्गमा हुने सडक दुर्घटना न्युनिकरण गर्न सवै सराेकार निकाय गम्भीर हुनु पर्ने वताए । सडक सुरक्षा सवै नागरिकहरूकाे पहुँचमा पुर्‍याउन स्थानीय निकाय,स्थानीय संघसंस्था प्रहरी सवै मिलेर लाग्ने उनको धारणा थियाे । कार्यक्रममा विभिन्न विद्यालयका करिव २ सय वढि विद्यार्थी,शिक्षक लगायतकाे उपस्थिति थियाे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार