• ट्रेण्डिङ :

हुम्लामा हिमताल फुटेर ५ वटा पुल बगायो, तिलगाउँका १८ परिवार जोखिममा

हुम्लामा हिमताल फुटेर ५ वटा पुल बगायो, तिलगाउँका १८ परिवार जोखिममा

cnewsnepal

सोमबार, जेष्ठ ५ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


५ जेठ,काठमाडौँ । हुम्लाको तिलगाउँमा हिमताल फुट्दा व्यापक क्षति भएको छ । हुम्लाका सांसद छिरिङ डम्डुल लामा (भोटे) का अनुसार गत जेठ १ गते हिमताल फुट्दा ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको छ ।

हिमताल फुट्दा भएको क्षतिबारे सांसद लामाले संसद्लाई जानकारी गराएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ताल फुटेर क्ष्स्थानीय जोखिममा परेको् बताए।

‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ।’

उनले थपे, ‘काठको पुल ५ वटा बगाएको छ। चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ। १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ। १८ घरपरिवारको ३२ जना हाल नजिककै त्रिपाल लगाएर बसेको छन्। २१ जना महिना, ९ जना पुरुष र २ जना बालक छन्। उनीहरु निकै अप्ठ्यारो र त्रसित अवस्थामा बसेका छन्।’

उनले विपाद् रोकथामका लागि पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराए। लामाले भने, ‘यो विपद्को घडीमा तत्काल रोकथाम गर्नका लागि निरीक्षण, संरक्षण र राहतका लागि तत्काल पहल गर्न आग्रह गर्दछु।’

लामाले सिंगो हिमाली क्षेत्रको हिमतालहरू खतरानकअवस्थामा पुगेको समेत जानकारी गराए।

तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार