• ट्रेण्डिङ :

हेटौंडामा नवनिर्मित महिला ब्यारेक भवनको उद्घाटन सम्पन्न

हेटौंडामा नवनिर्मित महिला ब्यारेक भवनको उद्घाटन सम्पन्न

सुरक्षामा महिला सहभागिता सुदृढीकरणतर्फ महत्वपूर्ण पाइला

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


१० बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा निर्माण सम्पन्न भएको महिला ब्यारेक भवन आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. श्री कृष्ण हरि शर्मा, हेटौंडा उप-महानगरपालिकाकी प्रमुख मीना कुमारी लामा लगायत सुरक्षाकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री माननीय सुरजचन्द्र लामिछाने महिला प्रहरीको सुविधा सुनिश्चित गर्नु हाम्रो राज्यको उत्तरदायित्व बताए । उनले भने, यस भवनको निर्माणले महिला प्रहरीहरूलाई सुरक्षित, मर्यादित र सुसज्जित आवासको सुविधा प्रदान गर्ने विश्वास लिएको छु। प्रहरी संगठनमा महिला सहभागिता अझ सशक्त बनाउन यस किसिमका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।”

हेटौंडा उपमहानगरपालिकाको नगरप्रमुख मीना कुमारी लामाले हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रहरीले देखाएको सक्रियता प्रशंसनीय रहेकाे बताईन । उनले भनिन

यस भवनले महिला सुरक्षाकर्मीहरूको मनोबल अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउनेछ। आगामी दिनमा पनि हामी प्रहरी प्रशासनसँग सहकार्य गर्दै जानेछौं।”

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लामिछानेज्यूले गौरीगणेश कन्स्ट्रक्सन का संचालक पवन कुमार मिश्रलाई प्रशंसा पत्र प्रदान गरे भने प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र हवल्दार असर्फिलाल साहलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

बागमती प्रदेश प्रहरी प्रमुख श्री कृष्ण हरि शर्माले उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

२०७८ साल असोज ८ गते प्रारम्भ भएको भवन निर्माण कार्य आर.सी.सी. फ्रेम संरचना अन्तर्गत तीन तले शैलीमा सम्पन्न गरिएको हो।

कुल पाँच सय चार दशमलव शून्य नौ (५०४.०९) वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस भवनमाभुईँ तल्लामा: २ वटा महिला ब्यारेक, १ सभाहल, २ शौचालय/स्नानगृह
पहिलो तल्लामा: २ महिला ब्यारेक (प्रहरी निरीक्षक/प्रजिअ), शौचालय/स्नानगृह दोस्रो तल्लामा: १ महिला ब्यारेक (जुनियर प्रहरी अधिकृत), १ महिला ब्यारेक (सहायक प्रहरी निरीक्षक), २ शौचालय/स्नानगृह रहेकाे छ ।

प्रारम्भिक सम्झौता अनुसार भवन निर्माण लागत एक करोड एकान्नब्बे लाख नौ हजार बयालीस रुपैयाँ तीन पैसा (रु. १,९१,०९,०४२.०३) थियो भने संशोधित लागत एक करोड पञ्चान्नब्बे लाख त्रिहत्तर हजार एक सय चालिस रुपैयाँ एकानब्बे पैसा (रु. १,९५,७३,१४०.९१) रहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार