• ट्रेण्डिङ :

हेलम्बु क्षेत्रमा नदीको बहाव बढेपछि सतर्क रहन र उच्च सुरक्षाका लागि हाईअल्ट

हेलम्बु क्षेत्रमा नदीको बहाव बढेपछि सतर्क रहन र उच्च सुरक्षाका लागि हाईअल्ट

cnewsnepal

शनिबार, साउन १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१६ साउन सिन्धुपाल्चोक ।केही समयअघि बाढी आतङ्क मचाएकाे हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि बढेको छ ।
हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दा लाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ले सर्तक रहन अनुरोध गरेका छन् ।
अध्यक्ष शेर्पाले खोला असार १ जतिकै आवाजमा आएको बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार यति बेला मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । बस्नेतका अनुसार बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

केही दिन पहिला आएकाे वाढीका कारण हेलम्वु मेलम्ची क्षेत्रमा अर्वकाे जनधनको क्षेति व्यहोर्नुपरेको थियाे ।उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित बनाउन नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू खटिएका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार