• ट्रेण्डिङ :

११ देखि १७ बर्षका किशाेरहरूले लिए ६३ वर्षीय हाेटल सञ्चालकको ज्यान

११ देखि १७ बर्षका किशाेरहरूले लिए ६३ वर्षीय हाेटल सञ्चालकको ज्यान

cnewsnepal

मंगलबार, कार्तिक १८ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


११ देखि १७ बर्षका किशाेरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् ।

जिल्ला राेल्पा रुन्टीगढी(२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयकाे बिलकाे बिषयमा बिवाद हुदा किशोरहरूले हाेटल सञ्चालककाे हत्या गरि फरार भएका थिए । हत्या भएकाे १२ घण्टा पछि जिल्ला प्रहरी कार्यालय राेल्पाबाट परिचालित प्रहरी टाेलीले हत्या अभियोगमा रोल्पामा चार जना किशोर पक्राउ परेका छन् ।

रुन्टीगढी(२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै १२ घट्टा पछि स्थानीयहरूकाे सहयाेगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेश राज सुवेदीले बताए । पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छ्न ।

प्रहरी निरीक्षक खड्काले भने,”कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए , मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि,ढुङ्गामुडा गर्दै कुटपिट गरेर उनीहरु फरार भएको र अनुसन्धान गर्दै जादा घरगोठमा फेला पारेका छाैं ।” पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गरेको छ । पछिलाे समय राेल्पामा अपराधीक गतिविधिमा बालबालिकाहरूकाे संलग्नता बढ्दै गईरहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार