• ट्रेण्डिङ :

१६ डिआइजीको काज तथा सरूवा, सातै प्रदेशमा फेरिए प्रमुख (को कहाँ?)

१६ डिआइजीको काज तथा सरूवा, सातै प्रदेशमा फेरिए प्रमुख (को कहाँ?)

cnewsnepal

मंगलबार, पौस २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा/काज भएको छ।

मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको सरूवा/काज गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ ।

बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्। यस्तै,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय,डिआइजी उमेशराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जको जिम्मेवारी पाएका छन्।

हेर्नुहोस् डीआईजीको सरूवा सूची:

प्रतिक्रिया
सम्बन्धित समाचार