• ट्रेण्डिङ :

२० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

२० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

cnewsnepal

बुधबार, साउन २७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२७ श्रावण काठमाणडाै । काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेकी छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरिसकेको भन्दै विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताइन् ।

उनले आयोगले निर्णय गरेको दिनबाट महसुलदर लागू हुने जानकारी दिइन् । त्यस्तै उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् ।

मन्त्री भुसालले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको बताइन् । प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने उनले जानकारी दिइन् ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने उनले बताइन् । त्यस्तै उनले निर्माणाधीन प्रसारणलाइनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्ने र अनुगमनको कामलाई तीव्रता दिने जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार