• ट्रेण्डिङ :

३३ किलो सुन काण्डमा फरार प्रतिवादी भण्डारीलाई गौशालाबाट पक्राउ

३३ किलो सुन काण्डमा फरार प्रतिवादी भण्डारीलाई गौशालाबाट पक्राउ

cnewsnepal

शुक्रबार, साउन १५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१५ साउन, काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एस.एस.पी)  अशोक सिंहले बताए ।

उनलाई प्रहरीले शुक्रबार ५ : ३० बजे पक्राउ गरेको हो एस.एस.पी सिंहले भने । सिंहका अनुसार उनलाई  काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।पक्राउ परेका भण्डारीलाई  ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने उनले बताए।उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।

 

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन हराएकाे   थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।

पक्राउ परेका भोजे मामा भन्ने भोजराज भण्डारीलाई  बिराटनगर भाेली पठाउने तयारी प्रहरीले गिरिरहेकाे एस.एस.पी सिंहले सिन्युज नेपाललाइ गराए ।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार