• ट्रेण्डिङ :

३९ औं बिपी स्मृति स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो

३९ औं बिपी स्मृति स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो

cnewsnepal

बुधबार, साउन ६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


६ साउन काठमाणडाै । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै कांग्रेस पार्टी कार्यालयमा कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता थियो ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो ।पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो ।
उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार