काठमाडौँ, वैशाख १५ — प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सोमबार निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी इकाइहरूमा उनीहरूको नयाँ जिम्मेवारी तोकिएको छ।
यस सरुवामा अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा खटाइएको छ भने गोविन्द्र राज पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको छ। त्यस्तै, एसपी लालध्वज सुवेदी सिन्धुलीको जिल्ला प्रहरी प्रमुखको रूपमा जिम्मेवारी पाउने भएका छन्।
अनुपम श्रेष्ठलाई पश्चिम नवलपरासी जिल्लामा सरुवा गरिएको छ। अमरेन्द्र बहादुर सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषामा जिम्मेवारी दिइएको छ।
खड्क बहादुर खत्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका छन् भने ठाकुर प्रसाद पोखरेल लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुर बाँकेमा सरुवा भएका छन्।
यसैगरी, दधिराम न्यौपाने स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा र नारायण प्रसाद अधिकारी गुल्मी जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन्।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचीअनुसार अन्य एसपीहरूको पनि जिम्मेवारी परिवर्तन गरिएको छ। पूर्ण सूची निम्नानुसार छ:
