२८ असोज, काठमाडौं । गृहमन्त्री खाँणले चन्द्रागिरि डाँडामा गृहमन्त्री बालकृष्ण खाँणले चन्द्रागिरि डाँडामा पुगेर काठमाडौंकाे दृश्यअवलोकन गरेका छन् ।
काठमाडौकाे पर्यटकीय नगरी चन्द्रागिरि ११ बजे सहपरिवार पुगेका खाँण ३:४० मा भ्रमण गरि फर्केकाे हुन् ।

गृहमन्त्री खाँणलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले स्वागत गरेका थिए । गृहमन्त्री खाँणले भनेका छन्,”चन्द्रागिरि हिल्स रिसोर्ट चन्द्रागिरि आगमन गर्ने अवसर प्राप्त भयाे ।

चन्द्रागिरि केवलकार तथा रिसोर्टले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने छ । मनाेरम स्थानमा कठिन मेहनत गरेकाे याे परियोजना अनुकरणीय छ । यसकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दछु ।

विजय दशमीकाे पुर्व सन्ध्यामा आईपुगेकाे अवसरमा सवैमा विजया दशमीकाे शुभकामना व्यक्त गर्दछु । मन्त्री खाँणले देशकाे समृद्धिकाे आधार पर्यटन भएका कारण काेराेना महामारीले पर्यटन क्षेत्रमा पुर्याएकाे असर समाधान गर्ने सरकार गम्भीर भएकाे बताए ।उनले देशकाे शान्ति सुरक्षा अमनचयन कायम गर्दै पर्यटन क्षेत्र समृद्धिकाे आधारसिला बनाउन सरकार लाग्ने जानकारी गराएकाे स्राेतले बतायाे