• ट्रेण्डिङ :

दाङको घोराहीबाट रोल्पाको थबाङ जादै गरेको यात्रुबाहक बस दुर्घटना,४ जनाको घटना स्थलमै मृत्यु

दाङको घोराहीबाट रोल्पाको थबाङ जादै गरेको यात्रुबाहक बस दुर्घटना,४ जनाको घटना स्थलमै मृत्यु

cnewsnepal

बिहिबार, मंसिर २ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


नन्दराम खड्का, २ मंसिर, काठमाडौं । दाङको घोराहीबाट रोल्पाको थबाङ जादै गरेको यात्रुबाहक बस दुर्घटना भएकाे छ ।

बिहीवार साझ साढे ५ बजेको समयमा दाङको घोराहीबाट रोल्पाको थबाङ जादै गरेको ना ४ ख ५५१८ नम्बरक बस माडी गाउँ पालिका वडा नम्बर २ जलजलामा दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता इन्स्पेक्टर कृष्ण राणाले जानकारी दिए ।

मृतकहरुको सनाखत अझै हुन नसकेको उनको भनाई रहेको छ।११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।घाइतेहरुको उपचारका लागि सदरमुकाम लिवाङबाट दुईवटा एम्बुलेन्स पठाइएको प्रहरीले जनाएको छ।अफ्ट्यारो सडकका कारण बस चिप्लिएर सडकबाट १०० फीट तल खसेको इन्स्पेक्टर रानाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार