• ट्रेण्डिङ :

माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

cnewsnepal

बिहिबार, भाद्र १० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उहाको बिहीबार निधन भएको हो ।

बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

भदौ १ गते दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात (स्ट्रोक) भएपछि टुहुरेको वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका ७८ वर्षका टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार गरिएको थियो ।

 

२००१ साल कात्तिक १५ गते सुनसरीको धरानमा जन्मिएका टुहुरेले २०२४ सालदेखि गीत रेकर्ड गराउन थालेका थिए । उनले २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

२०३४ सलमा रेकर्ड गराएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’बोलको गीत चर्चित छ । टुहुरेले गीत संगीतका माध्यमबाट पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना जगाएका थिए ।

२०५२ देखि २०५९ सालसम्म राष्ट्रिय जनसाँस्कृतिक मञ्चको अध्यक्ष रहेका टुहुरे साँस्कृतिक संस्थानको अध्यक्ष भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालिन एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए । हाल टुहुरे नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए । उनको एक श्रीमती एक छोरा र चार छोरी छन् ।

 

त्यस्तै माओवादीका अन्य नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लाग्नुभएको थियो । उहाले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, जस्ता चर्चित गीतहरु गाउनुभएको थियो । जेबी टुहुरेको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार