काठमाडाैं, भदौ २४ । एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेल करण र उपाध्यक्ष राजन थापा सुवास सहित २० जना लाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
काठमाडाैंकाे काेटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए । 
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट जाँदै गर्दा कालाे झण्डा देखाउने क्रममा २० जना लाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
उनिहरूलाई पक्राउ गरेपछि काेटेश्वरमा राखिएकाे थियाे र पछि प्रहरीले नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा पठाएको छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त