• ट्रेण्डिङ :

स्रोत नखुलेको ११ लाख रूपैयाँसहित थानकोटबाट एक जना पक्राउ

स्रोत नखुलेको ११ लाख रूपैयाँसहित थानकोटबाट एक जना पक्राउ

cnewsnepal

शुक्रबार, भाद्र २५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२७ भदौ काठमाडौं । स्रोत नखुलेको ११ लाख रूपैयाँसहित चन्द्रागिरिबाट एक १९ वर्षीय किशोर पक्राउ परेका छन्।

धादिङ बाट काठमाण्डौ तर्फ आउदै गरेको बा ४ ख ४४५० नं. को यात्रु बाहक बसलाई चेक जाँचकाे क्रममा उनलाई नागढुङ्गा प्रहरीले पक्राउ गरेको हो।

काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.२ स्थित नागढुङ्गा चेक प्वाईन्टबाट भारत पश्चिम वंगाल हाउडा घर बताउने वर्ष १९ को शोविक आदकलाई नगद सहित पक्राउ गरिएकाे काठमाडौ प्रहरी परिसर प्रमुख अशाेक सिंहले बताए ।

एसएसपी सिंहका अनुसार उनले बोकेको कालो झोलाभित्र श्रोत नखुलेको नेपाली रुपैया ११ लाख लुकाई छिपाई ल्याएको अबस्थामा फेला परेकाे थियाे ।

आदकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि थप अनुसन्धानको लागी सम्पत्ती शुद्धिकरण विभाग हरिहरभवन ललितपुर पठाईएको थानकोट बृत्तले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार