• ट्रेण्डिङ :

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

cnewsnepal

शनिबार, असोज ९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, असोज ९ गते । काठमाडौंको नागढुङ्गाबाट प्रहरीले ९५ लाख नेपाली रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेका बेला स्रोत नखुलेको ९५ लाख रुपियाँसहित नागढुङ्गाबाट आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनले भने, “चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले चेकगर्दा नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।” भारतको मुम्बई घर भएका दुबै जना ग १ ख ६६४५ नम्बरको हाइस माइक्रो गाडीमा चितवनबाट काठमाडौं आएको उनले बताए ।

यात्रुबाहक माइक्रो बसको ८ र ९ नम्बर सिटमा बसेका दुवैको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो । सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीको भनाई छ । उनले भने, “पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, थप अनुसन्धान गर्दैछौँ ।” मालिको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख फेला परेकाले थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार