• ट्रेण्डिङ :

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ

cnewsnepal

मंगलबार, बैशाख ३१ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ३१ वैशाख
काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई नगद २३ हजार ८ सय ८० रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मो्नियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, नागर्जुन नगरपालिका(२ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार