• ट्रेण्डिङ :

हिजोको फरार थुनुवा आज प्रहरीको नियन्त्रणमा

हिजोको फरार थुनुवा आज प्रहरीको नियन्त्रणमा

cnewsnepal

बुधबार, असोज १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१३ असोज,काठमाडौं । कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट भागेका थुनुवा काठमाण्डौं टेकु स्थित डम्पिङ साईड क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी ठाकुर प्रसाद पोख्रेलले पुष्टी गरे ।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरको टोलीले हिजो मंगलवार देखि फरार भएको थुनुवालाई आज पक्राउ गर्न सफल भएको डिएसपी पोख्रेलको भनाई छ ।

१९ वर्षीय राहुल तामाङ कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट फरार भएका थिए । फरार तामाङलाई खोजी गर्न व्यापक प्रहरी परिचालित गरिएको थियो ।

तामाङ मंगलबार दिउँसो सवा २ बजे त्यहाँबाट फरार भएको प्रहरीले जानकारी दिएको थियो । कोरोना संक्रमण भएपछि उनलाई प्रहरीले आइसोलेसन सेन्टरमा राखिएको थियो।
त्यहाँ झ्यालको रड निकालेर उनी फरार भएका थिए । उनी लागुऔषधको मुद्दामा साउन २९ गते नागढुङ्गाबाट पक्राउ परेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार