• ट्रेण्डिङ :

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

cnewsnepal

बिहिबार, असोज १४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् ।
 
 
बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
 
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार